परिसंघमा विदेशी लगानी सहजीकरण समिति गठन

काठमाडौं । नेपाल उद्योग परिसंघ अन्तर्गत विदेशी लगानी सहजीकरण समिति गठन भएको छ ।
परिसंघका उपाध्यक्ष हेमराज ढकालको नेतृत्वमा बर्जर पेन्ट्सका कन्ट्री म्यानेजर साइबल घोस संयोजक रहने गरी समिति गठन भएको हो । समितिको सह–संयोजकमा परिसंघका राष्ट्रिय परिषद सदस्य एवं सिटी एक्सप्रेस मनी ट्रान्सफरका प्रबन्ध निर्देशक चन्द्र टन्डन रहेकाछन । समितिमा गौरव गोयल सदस्य रहेकाछन ।
समितिले नेपालमा प्रत्यक्ष विदेशी लगानी भित्र्याउन भएका समस्या समाधानका लागि नीतिगत मध्यस्थता र प्रक्रियागत सरलीकरणका लागि पहल गर्नेछ । यसैगरी समितिले नेपालम विदेशी लगानीका लागि उच्च प्रतिफल मुखी क्षेत्र पहिचानएवं सरोकारवाला निकायसँग सहजीकरणको काम पनि गर्नेछ ।
समितिको बैठकमा परिसंघका अध्यक्ष विष्णुकुमार अग्रवालले नेपाल लगानीको लागि उचित गन्तव्य रहेको भन्दै लगानीकर्तामैत्री नीतिगत व्यवस्था हुनुपर्ने बताए । लगानीका लागि अफ्ठेरा कानुनी व्यवस्था परिमार्जनका लागि समितिले आवश्यक पहल गर्नुपर्नेमा अध्यक्ष अग्रवालले जोड दिए ।
समितिको बैठकमा उपाध्यक्ष ढकालले विदेशी लगानी भित्र्याउन आवश्यक सहजीकरणका लागि सरोकारवालासँग छलफल एवं अन्तरक्रिया अघि बढाउने बताए ।
‘हामीसँग संभावना भएर पनि धेरै उपलब्धि भएका छैनन, उनले भने, ‘कतिपय उद्योगमा लगानी घोषणा भएर पनि कार्यान्वय नहुन सकेको छैन, त्यसमा के समस्या छन् त्यसलाई समाधन गर्न पनि समितिले काम गर्नेछ ।’
प्रतिक्रिया