सुनचाँदीकै मूल्य स्थिर, आजकाे भाउ कति ?
नेपालखोज
२०७८ भदौ १४ गते ११:०२

काठमाडौं । नेपाली बजारमा आज (सोमबार) सुनचाँदीकै भाउ स्थिर रहेको छ । छापावाल सुन आज प्रतितोला ९१ हजार छ सय रुपैयाँमा कारोबार भइरहेको नेपाल सुनचाँदी व्यवसायी महासंघले जनाएको छ ।
अघिल्लो दिन छापावाल सुन तोलाको ९१ हजार छ सय रुपैयाँमा नै कारोबार भएको थियो । त्यस्तै महासंघका अनुसार आज तेजाबी सुन पनि स्थिर रहेर ९१ हजार एक सय रुपैयाँ कायम भएको छ । हिजो तेजाबी सुन ९१ हजार एक सय रुपैयाँमा नै कारोबार भएको थियो ।
त्यसैगरी चाँदीको मूल्य पनि आज स्थिर रहेको छ । चाँदी आज तोलाको १ हजार २१० रुपैयाँमा कारोबार भइरहेको महासंघले जनाएको छ । आइतबार चाँदी १ हजार २१० रुपैयाँमा नै कारोबार भएको थियो ।
सम्बन्धित

प्रतिक्रिया