मंगलबार, वैशाख १६, २०८२

राजविराजमा अक्सिजन प्लान्ट

नेपालखोज २०७८ भदौ १४ गते १४:२०

राजविराज । सप्तरीको राजविराजस्थित गजेन्द्रनारायण सिंह अस्पतालमा स्थापना गर्नका लागि आवश्यक सामग्रीसहित अक्सिजन प्लान्ट ल्याइएको छ ।

सो प्लान्टबाट दैनिक २८० सिलिन्डर भर्नसकिने क्षमता रहेको छ । सो प्लान्ट स्वास्थ्य तथा जनसङ्ख्या मन्त्रालयले उपलब्ध गराएको मेडिकल सुपरिटेन्डेण्ट डा रञ्जीत झाले बताए ।

तीन करोड ७३ लाख मूल्य बराबरको अक्सिजन प्लान्ट ल्याएको बताउँदै चाँडैनै अस्पतालमा जडान गरिने उनले बताए । साथै लिक्विड सिलिन्डर टुयुबसमेत ल्याएइको, अक्सिजन प्लान्ट स्थापनाका लागि अस्पतालमा ‘सेड’ तयार भइसकेको र ढलानको काम मात्र बाँकी रहेकाले छिट्टै नै अक्सिजन प्लान्ट स्थापना गरिने जनाइएको छ ।

यहाँ अक्सिजन प्लान्ट सञ्चालन भएमा सप्तरी जिल्लासहित उदयपुर, सिरहा र सुनसरीसहितका अस्पतालमा अक्सिजन आपूर्ति गर्न सकिने डा झाले बताए । हाल अस्पतालमा सातवटा भेन्टिलेटरसहित १५ शय्याको सघन उपचार कक्ष तयारी अवस्थामा रहेको जनाइएको छ ।

प्रतिक्रिया