चौबीस घण्टामा २ हजार २९५ संक्रमित थपिए, १६ जनाको मृत्यु
नेपालखोज
२०७८ भदौ १४ गते १६:४१

काठमाडौं । नेपालमा पछिल्लो चौबीस घण्टामा २ हजार २९५ जनामा कोरोना भाइरसको संक्रमण पुष्टि भएको छ । सोही अवधीमा १ हजार ८०८ जना कोरोना संक्रमित निको भई डिस्चार्ज भएका छन् ।
स्वास्थ्य तथा जनसंख्या मन्त्रालयका अनुसार देशभरका विभिन्न प्रयोगशालामा गरिएको ११ हजार ८९२ जनाको पीसीआर परीक्षणबाट १ हजार ९०२ र ४ हजार ३४१ जनामा गरिएको एन्टिजेन परीक्षणमा ३९३ जना गरी जम्मा २ हजार २९५ जनामा संक्रमण पुष्टि भएको हो ।
त्यस्तै चौबीस घण्टामा १६ जनाको कोरोनाका कारण मृत्यु भएको छ । नेपालमा हाल मृत्यु हुनेको संख्या १० हजार ७३० पुगेको छ । नेपालमा हाल सक्रिय संक्रमितको संख्या ३५ हजार ८७४ रहेको छ ।
सम्बन्धित

प्रतिक्रिया