‘ओलीले एमालेलाई दक्षिणपन्थी भासमा धकेलेकाले नयाँ पार्टी निर्माण गर्नुपर्‍याे’

नेपालखोज २०७८ भदौ १४ गते १६:५१

काठमाडौं । नेकपा (एकीकृत समाजवादी) पार्टीका वरिष्ठ नेता झलनाथ खनालले केपी शर्मा ओलीले नेतृत्व गरेको पार्टी ‘दक्षिणपन्थी अवसरवादी’ पार्टी भएको बताएका छन् ।

भारतको नयाँ दिल्लीस्थित एपोलो अस्पतालमा उपचार गराएर फर्किएका खनालले ओलीले एमालेलाई दक्षिणपन्थी भासमा धकेलेका कारण नयाँ पार्टी निर्माण गर्नुपरेको बताए । 

नवौं महाधिवेशनपछि अहंकारी गुटले एमालेको नेतृत्व कब्जा गरेको र अध्यक्ष ओलीले पार्टीलाई दक्षिणपन्थी अवसरवाद, अहंकारवाद, व्यक्तिवादमा लगेकाले विद्रोह गर्नु परेको उनकाे भनाइ छ । भारतमा उपचार गरेर सोमबार स्वदेश फर्किएका नेता खनालले भने, ‘विद्रोह नवनिर्माणका निम्ति हो ।’

प्रतिक्रिया