‘अन्तर विरोधमा खेल्ने र ढाडमा टेकेर टाउकामा हान्ने प्रचण्डको अभ्यास थियो’ (भिडियोसहित)
नेपालखोज
२०७८ भदौ १४ गते १८:५८

काठमाडौं । नेकपा एमालेका महासचिव ईश्वर पोखरेलले माओवादी केन्द्रका अध्यक्ष पुष्पकमल दाहाल र एमालेभित्रको गुटबन्दीको कारणले पार्टीमा विभाजनभएको आरोप लगाएका छन् ।
काठमाडौंमा सोमबार आयोजित एक कार्यक्रममा सञ्चारकर्मीसँग कुराकानी गर्दै उनले आफू क्षमता, निष्ठा, इतिहास र निरन्तरताका आधारमा एमालेको अध्यक्षका लागि योग्य रहेको जिकिर गरे । तर उम्मेदवार हुने नहुने भन्ने देशको परिस्थिति र कार्यकर्ताको चाहनामा भर पर्ने उनले बताए । उनले भने, ‘अन्तर विरोधमा खेल्ने र ढाडमा टेकेर टाउकामा हान्ने प्रचण्डको अभ्यास थियो ।’
सम्बन्धित

प्रतिक्रिया