वाईसीएलको अध्यक्ष चयन गर्ने जिम्मा प्रचण्डलाई

नेपालखोज २०७८ भदौ १४ गते १९:५१

काठमाडौं । नेकपा माओवादी केन्द्रका अध्यक्ष पुष्पकमल दाहाल प्रचण्डले पार्टीको युवा संगठन योङ कम्युनिस्ट लिग (वाईसीएल) को अध्यक्ष चयन गर्ने जिम्मा पाएका छन् ।

वाईसीएलले सहमतिमा नेतृत्व चयन गर्न नसकेपछि अध्यक्ष चयन गर्ने जिम्मा प्रचण्डलाई दिइएको हो ।

भदौ १२ गते शनिबार शुरु भएको वाईसीएलको राष्ट्रिय भेलामा हालका उपाध्यक्ष सुमन देवकोटा र महासचिव सुवोधराज शेर्पालीले अध्यक्षको दाबी गरेका छन् ।

प्रतिक्रिया