अफगानिस्तानबाट ८ सय २८ नेपालीको उद्धार
नेपालखोज
२०७८ भदौ १४ गते २०:५९

काठमाडौं । अफगानिस्तानबाट हालसम्म ८ सय २८ जना नेपालीको उद्धार गरिएको छ ।
हिजो साँझ फ्लाई दुबइको नियमित उडानबाट ५ जना तथा आज टर्किस एयरको नियमित उडानबाट ४५ जना गरी थप ५० जना स्वदेश फर्किएको परराष्ट्र मन्त्रालयले जनाएको छ । यो सँगै हालसम्म नेपाल आइपुग्नेको संख्या ८२८ पुगेको छ ।
काबुलमा उद्दारको पर्खाईमा रहेका थप नेपाली नागरिकहरुलाई उद्दार गरी स्वदेश फर्काउन आवश्यक समन्वय भइरहेको मन्त्रालयले जनाएको छ।
उनीहरुलाई कोभिड १९ परीक्षण लगायतका प्रक्रिया पूरा गरी आवश्यक व्यवस्थापन गरिएको मन्त्रालयद्वारा विज्ञप्तिमा भनिएको छ । अफगानिस्तानमा नै रहेका नेपालीहरुलाई सम्पर्कमा आउन आग्रह गरिएको छ ।
सम्बन्धित

प्रतिक्रिया