शनिबार, जेठ ५, २०८१

काबुल विमानस्थलमा ५ वटा रकेट आक्रमण

नेपालखोज २०७८ भदौ १४ गते २१:५७

काठमााडौं । अफगानिस्तानको काबुलस्थित हमिद कारजाइ अन्तर्राष्ट्रिय विमानस्थलमा ५ वटा रकेट आक्रमण भएको छ ।

विद्रोही समूह आईएसआईएसले आक्रमणको जिम्मेवारी लिएको छ । विमानस्थललाई निशाना बनाएर रकेट आक्रमण भएको बताइएको छ । विमानस्थल क्षेत्रबाट अमेरिकी नागरिकलाई बाहिर निकालिएको छ ।

यसअअि आइतबार साँझ विमानस्थल नजिकै ड्रोन आक्रमण भएको थियो । विमानस्थलमा आक्रमण गर्न आउँदै गरेका इस्लामिक स्टेटका एक आत्मघाती आक्रमणकारीको ड्रोन आक्रमणमा मृत्यु भएको बताइएको छ ।

यसअघि गत बिहिबार काबुल विमानस्थल बाहिर दुई छुट्टाछुट्टै बिस्फोट हुँदा १३ अमेरिकी सेना सहित १ सय ७० जनाको मृत्यु भएको थियो ।

प्रतिक्रिया