शनिबार, जेठ ५, २०८१

कोरोनाबाट ४५ लाख बढीको मृत्यु, १ लाखको अवस्था चिन्ताजनक

नेपालखोज २०७८ भदौ १५ गते ६:२०

विश्वमा हालसम्म २१ करोेड ७८ लाख ९१ हजार बढीमा संक्रमण पुष्टि ।

काठमाडौं । कोरोना भाइरसको संक्रमणको कारण विश्वभर ४५ लाख बढीको मृत्यु भएको छ । २ सय २१ देशमा फैलिएको संक्रमणबाट हालसम्म ४५ लाख २२ हजार २ सय ६६ जनाको मृत्यु भएको हो ।

संक्रमणको कारण सबैभन्दा बढी अमेरिकामा ६ लाख ५५ हजार ७ सय जनाको ज्यान गएको छ । त्यसैगरी ब्राजिलमा ५ लाख ७९ हजार, भारतमा ४ लाख ३८ हजार ५ सय बढी संक्रमितको ज्यान गएको छ ।

हालसम्म २१ करोेड ७८ लाख ९१ हजार बढीमा संक्रमण पुष्टि भएको छ । जसमध्ये १९ करोड ४६ लाख ९७ हजार बढीले कोरोना जितेका छन् । अझै एक लाख १३ हजार जनाको अवस्था चिन्ताजनक रहेको बताइएको छ ।

प्रतिक्रिया