कांग्रेस सभापतिमा कल्याण गुरुङले उम्मेद्‌वारी दिने

नेपालखोज २०७८ भदौ १५ गते ९:५७

काठमाडौं । नेपाली कांग्रेसका केन्द्रीय सदस्य कल्याण गुरुङले सभापति पदमा उमेदवारी दिने भएका छन् ।

गुरुङले आज दिउँसो साढे २ बजे पत्रकार सम्मेलनको आयोजना गरेर सभापतिको उमेद्वारी घोषणा गर्ने तयारी गरेका हुन् ।

काठमाडौंको अनामनगरस्थित युनियन हाउसमा पत्रकार सम्मेलन गरी गुरुङले उमेदवारी घोषण गर्न लागेको बताइएको छ ।

कांग्रेसको आसन्न १४ औं महाधिवेशनमा सभापतिका लागि यसअघि उपसभापति विमलेन्द्र निधिले उमेदवारी घोषणा गरिसकेका छन् ।

प्रतिक्रिया