शनिबार, जेठ ५, २०८१

अफगानिस्तान मामिलामा कडा प्रस्ताव पारित,चीन र रुसले भोट दिएनन्

नेपालखोज २०७८ भदौ १५ गते ११:०५

काठमाडौं । संयुक्त राष्ट्र सुरक्षा परिषदले अफगानिस्तान मामलामा कडा प्रस्ताव पारिक गरेको छ । भारतको अध्यक्षतामा बसेको बैठकले अफगानिस्तान कुनै देशलाई धम्की दिन अथवा आतंकवादी संगठनलाई सुरक्षित राख्नको लागि प्रयोग हुन नदिन माग गरिएको छ ।

प्रस्तावमा सत्ता कब्जा गरेको तालिबानसँग अफगानिस्तानमा रहेका विदेशी नागरिकलाई सुरक्षित निस्कने वातावरण तयार गर्न भनिएको छ । तालिबानले विदेशी नागरिकलाई सुरक्षित तरिकाले निस्कने वातावरण बनाउने प्रतिबद्धता गरेको थियो । सुरक्षा परिषदमा पेश भएको प्रस्तावको सोमबार(हिजो) पारित गरिएको हो ।

फ्रान्स, बेलायत र अमेरिका समेत सुरक्षा परिषदका १३ सदस्य राष्ट्रले प्रस्तावको पक्षमा मतदान गरेका छन् । सुरक्षा परिषदका स्थायी स्थायी सदस्य राष्ट्रहरु चीन र रुसले मतदान नगरेको बताइएको छ । १५ अगस्टमा तालिबानले काबुल समेत नियन्त्रणमा लिएपछि १५ सदस्यीय सुरक्षा परिषदले अफगानिस्तान मामिलामा पहिलो प्रस्ताव थियो ।

सुरक्षा परिषदमा भारतको अध्यक्षता अगस्ट महिनादेखि सकिँदैछ । बैठकले अफगानिस्तानको संप्रभुता,स्वतन्त्रता, क्षेत्रीय अखण्डता, राष्ट्रिय एकताप्रति एकेवद्धता जनाएको छ । साथै काबुल विमानस्थलमा स्लामिक स्टेटले गरेको कडा विरोध गरेको छ । उक्त हमलामा १३ अमेरिकी सेना सहित ३ सय जनाको मृत्यु भएको थियो ।

प्रतिक्रिया