बिहीबार, जेठ २, २०८२

सुनचाँदीकै मूल्य घट्याे, आजको भाउ कति ?

नेपालखोज २०७८ भदौ १५ गते ११:५६

काठमाडौं । नेपाली बजारमा आज (मंगलबार) सुनचाँदीकै भाउ घटेको छ । छापावाल सुन आज प्रतितोला ९१ हजार दुई सय रुपैयाँमा कारोबार भइरहेको नेपाल सुनचाँदी व्यवसायी महासंघले जनाएको छ ।

अघिल्लो दिन छापावाल सुन तोलाको ९१ हजार छ सय रुपैयाँमा कारोबार भएको थियो । त्यस्तै महासंघका अनुसार आज तेजाबी सुनको मूल्य पनि घटेर ९० हजार सात सय रुपैयाँ कायम भएको छ । हिजो तेजाबी सुन ९१ हजार एक सय रुपैयाँमा कारोबार भएको थियो ।

त्यसैगरी चाँदीको मूल्य पनि आज घटेको छ । चाँदी आज तोलाको १ हजार २०५ रुपैयाँमा कारोबार भइरहेको महासंघले जनाएको छ । सोमबार चाँदी १ हजार २०५ रुपैयाँमा कारोबार भएको थियो ।

प्रतिक्रिया