आइतबार, जेठ ६, २०८१

मेरो बार्दलीको फूल

दिनेश यादव २०७८ भदौ १५ गते १२:३२

मेरो बार्दलीको फूल आकाश चुम्न खोज्दै छ,
न मल दिन्छु न पानी तर, हर्लक्क बढ्दै छ ।
खुला आकाशमुनिको हुर्काइ पाएर हो कि,
पानी फिल्टरको स्टिल भाँडो पाएर पो हो कि,
वा त्रिवि हाइटको माटो पो पाएर हो कि
मेरो बार्दलीको फूल बढेको बढ्यै छ ।
बोटमा न हाँगै बसेको छ, न पातै झाँगिएको छ,
जरा त झनै माथि-माथि माटोमा पो देखिएको छ,
टुप्पामा एउटा फूलचाहिँ गजबले फुलेको छ,
मेरो बार्दलीको सयपत्री फूल सर्लक्क बढेको छ ।।
हो, मेरो बार्दलीको फूल आकाश चुम्न खोज्दै छ,
न मल दिन्छु न पानी तर, हर्लक्क बढ्दै छ ।
-कलंकी

प्रतिक्रिया