बुधबार, वैशाख ५, २०८१

दोषी जनताको सरकारी मृत्यु…

अनुप बराल २०७८ वैशाख २६ गते १६:०४

पहिले अस्पताल खोज, “पाउँदैनौं”
सर्वत्र फोन घुमाऊ, सहयोग माग “पाउँदैनौं”
सोर्स फोर्स लगाऊ,
ठूला-बडाका लागि आरक्षण गरिएको बेड
तिम्रा लागि हाेइन “पाउँदैनौ”
खाली छैन, मिल्दैन, काँ हुनु यी शब्द मात्र तिम्रा लागि हुन्
बल्ल-तल्ल कतै बेड मिल्यो, अब अक्सिजन छैन
हारगुहार गर, दिनभर कुदेको कुदै गर-पाउँदैनौ
किनकि अक्सिजन पाउन बिरामीलाई पेटीमा छाडेर सिफारिस लिन कुद्नुपर्छ,
उस्तै परे चाहिन्छ अब सिफारिस पनि
अक्सिजन रेम्डिसिभिर झैँ
कालो बजारीको रेटमा बिक्री हुन्छ्न् यहांँ
अक्सिजन पायो, आईसीयू छैन,
आईसीयू पायो, अक्सिजन छैन ,
अक्सिजन र आईसीयू मिलाउँदा-मिलाउँदै
बिरामीलाई भेन्टिलेटर चाहिसक्छ,
भो त्यस्को त बातै नसोध
यी सबै झमेलाभन्दा तिम्रा मृत्यु सजिलो हो ,
किनकि बेलुका पाँच बजे सरकारी अपडेटमा
तिम्रो मृत्यु सुन्न पाउँछ्न् तिम्रा परिवारले ।

प्रतिक्रिया