विवेकशील साझामा खिचलाे, मिश्र र पाण्डेले बाेलाए छुट्टाछुट्टै बैठक
नेपालखोज
२०७८ भदौ १५ गते १४:०८

काठमाडौं । विवेकशील साझा पार्टीका अध्यक्ष र संयोजकले छुट्टाछुट्टै केन्द्रीय कमिटी बैठक बोलाएका छन् ।अध्यक्ष रवीन्द्र मिश्र र पार्टी संयोजक मिलन पाण्डेले बेग्लाबेग्लै केन्द्रीय समिति बैठक बोलाएका हुन् ।
पार्टी अध्यक्ष मिश्रले बिहीबारलाई पार्टीको केन्द्रीय समिति बैठक बोलाएका थिए । मिश्रले एकलौटी रुपमा केन्द्रीय समिति बोलाएको भन्दै सोही समयमा पार्टी संयोजक पाण्डेले पनि बेग्लै बैठक बोलाएका हुन् ।
पार्टी अध्यक्ष रवीन्द्र मिश्र र पार्टी संयोजक मिलन पाण्डेले एकै दिन केन्द्रीय समितिको छुट्टाछुट्टै बैठक बोलाएका छन्।
सम्बन्धित

प्रतिक्रिया