तिलगंगामा भोलिदेखि विस्तारित सेवा सुरु हुने
नेपालखोज
२०७८ भदौ १५ गते १७:५२

तिलगङ्गा आँखा प्रतिष्ठानले बुधबार (भोली) देखि विस्तारित सेवा प्रारम्भ गर्ने भएको छ ।
हाल बिहान ८ देखि दिउँसो ३ः३० बजेसम्म मात्र नियमित सेवा प्रदान गरिरहेको प्रतिष्ठानले भदौ १६ गते अर्थात भोलीबाट साँझ ६ः३० बजेसम्म आँखा सेवा स्वास्थ्य प्रदान गर्ने प्रतिष्ठानले जनाएको छ ।
कोभिड–१९ को महामारी यथावतै रहेको अवस्थामा सेवाग्राहीको चापलाई व्यवस्थित गर्न र सहजरूपमा सेवा प्रदान गर्ने उद्देश्यले कार्यालय समयभित्र आँखा उपचारका लागि समय मिलाउन अप्ठ्यारो भएका र व्यस्तताका कारणले उपचार गराउन नभ्याएकाहरुले अब बिहान ८ः०० देखि दिउँसो २ः०० बजेसम्म नाम दर्ता गर्न सक्नेछन् भने विस्तारित सेवा लिन चाहने सेवाग्राहीले दिउँसो ३ः०० देखि साँझ ६ः०० बजेसम्म नाम दर्ता गरी सेवा लिन सक्ने प्रतिष्ठानले जनाएको छ । रासस
सम्बन्धित

प्रतिक्रिया