प्रदेश १, वाग्मती, गण्डकी र कर्णालीका थोरै स्थानमा वर्षा, यस्तो छ ३ दिनको मौसम

नेपालखोज २०७८ भदौ १६ गते ६:४०

काठमाडौं । जल तथा मौसम विज्ञान विभागको मौसम पूर्वानुमान महाशाखाले नेपालमा मनसुनी वायुको प्रभाव रहेको जनाएको छ । महाशाखाका अनुसार हाल देशभर सामान्य बदली रही प्रदेश १, वाग्मती, गण्डकी र कर्णाली प्रदेशका थोरै स्थानमा वर्षा भइरहेको छ ।

महाशाखाका अनुसार आज (बुधबार) दिउँसो देशभर सामान्य बदली रही केही स्थानमा मेघ गर्जन/चट्याङसहित हल्कादेखि मध्यम वर्षाको सम्भावना छ । राति भने देशभर सामान्य बदली रही केही स्थानमा हल्कादेखि मध्यम वर्षाको सम्भावना छ । प्रदेश १ का एक-दुई स्थानमा मेघ गर्जन/चट्याङसहित भारी वर्षाको सम्भावना रहेको महाशाखाले नियमित बुलेटिनमार्फत जनाएको छ ।

यस्तै भोलि (बिहीबार) दिउँसो देशभर सामान्य बदली रही केही स्थानमा हल्कादेखि मध्यम वर्षाको सम्भावना छ । महाशाखाका अनुसार राति भने देशभर सामान्यदेखि पूर्ण बदली रही केही स्थानमा हल्कादेखि मध्यम वर्षाको सम्भावना छ । प्रदेश १, वाग्मती र गण्डकी प्रदेशका एक-दुई स्थानमा मेघ गर्जन/चट्याङसहित भारी वर्षाको सम्भावना छ ।

महाशाखाका अनुसार पर्सि (शुक्रबार) दिउँसो देशभर सामान्य बदली रही केही स्थानमा हल्कादेखि मध्यम वर्षाको सम्भावना छ । राति भने देशभर सामान्यदेखि पूर्ण बदली रही केही स्थानमा हल्कादेखि मध्यम वर्षाको सम्भावना छ । प्रदेश १, वाग्मती र गण्डकी प्रदेशका एक-दुई स्थानमा मेघ गर्जन/चट्याङसहित भारी वर्षाको सम्भावना छ ।

यस्तै जल तथा मौसम विज्ञान विभागको मौसम पूर्वानुमान महाशाखाले देशको केही स्थानमा हल्कादेखि मध्यम वर्षाको सम्भावनाका साथै प्रदेश १ का एक-दुई स्थानमा मेघ गर्जन/चट्याङसहित भारी वर्षाको सम्भावना रहेकाले पहाडी भू-भागमा भूक्षय, पहिरो तथा गेग्रान बहावको जोखिम रहेको महाशाखाले जनाएको छ । यसकारण नदीनाला र खहरे खोलामा पानीको सतह बढ्न सक्ने भएकाले आवश्यक सतर्कता अपनाउन महाशाखाले सबैमा अनुरोधसमेत गरेको छ । -फाइल तस्बिर

प्रतिक्रिया