पहिरोमा पुरिएर एकको मृत्यु, तीन घाइते

नेपालखोज २०७८ भदौ १६ गते ९:२९

अर्घाखाँची । जिल्लाको पाणिनी गाउँपालिका ७, अडगुरीमा पहिरोमा पुरिएर एक बालिकाको मृत्यु भएको छ । तीनजना घाइते भएका छन् । मृत्यु हुनेमा जीवलाल सुनारकी नौ वर्षीया छोरी झरना रहेको जिल्ला प्रहरी कार्यालय अर्घाखाँचीले जनाएको छ ।

प्रहरी नायब उपरीक्षक अम्बरबहादुर थापाका अनुसार मंगलबार साँझ घरमाथिबाट आएको पहिरोले सुनारको एकतले कच्ची घर पुरिँदा बालिकाको घटनास्थलमै मृत्यु भएको हो । घाइते तीनजनाकै स्थानीय मेडिकलमा उपचार भइरहेको छ ।

उनीहरुको अवस्था सामान्य रहेको थापाले जानकारी दिए । -रासस
-प्रतीकात्मक तस्बिर

प्रतिक्रिया