काठमाडौंकाे फोहोर आजबाट उठाउन थालियाे

नेपालखोज २०७८ भदौ १६ गते ११:२५

काठमाडौं । काठमाडौंमा दुई हप्तादेखि थुप्रिएको फोहोर आजबाट उठाउन थालिएको छ।

काठमाडौं महानगरपालिका र नुवाकोटको सिसडोलका बासिन्दाबीच फोहोर व्यवस्थापनबारे ९ बुँदे सहमति भएसँगै आजबाट फाेहोर व्यवस्थापन थालिएको हो । बर्खाको बेला सिसडोलसम्म पुग्ने बाटो बिग्रिएको कारण देखाउँदै महानगरपालिकाले फोहोर नउठाउँदा काठमाडौं शहर फोहोर नै फोहोरले भरिएको थियो।

काठमाडौं महानगरपालिकाका मेयर विद्यासुन्दर शाक्यको संयोजकत्वमा काठमाडौंका प्रमुख जिल्ला अधिकारी, सडक विभागका महानिर्देशक, प्रहरी वरिष्ठ उपरीक्षक लगायतको हिजो बसेको बैठकले आजदेखि फोहोर उठाउने निर्णय गरेको हाे ।


हिजो साँझ सरकारी पक्षले सिसडोलसम्मको बाटो १५ दिनभित्र ग्राभेल गर्ने, बाटोमा छरेका फोहोर उठाउने र टाइम कार्डको प्रयोग गरिने, सिसडोलका विद्यालय र क्लबहरुमा खेलकुद सामग्रीको व्यवस्थापन गर्ने तथा सडकमा परेका जग्गाको मुआब्जाबारे छलफल गर्ने लगायतका कुरामा सहमति जनाएका थिए । सहमतिसँगै आजदेखि काठमाडौंमा थुप्रिएको फोहर सिसडोलमा व्यवस्थापन गर्ने काम सुरु भएको हो ।

प्रतिक्रिया