मंगलबार, वैशाख २५, २०८१

प्रदेश १ मा १० सांसदले गरे सनाखत

नेपालखोज २०७८ भदौ १६ गते १४:०१

काठमाडौं । प्रदेश १ मा नेकपा (एकीकृत समाजवादी) का १० सांसद निर्वाचन कार्यालय पुगेका छन् । निर्वाचन कार्यालय पुगेर उनीहरुले सनाखत गरेका हुन् ।

सनाखत गर्ने सांसदहरुमा राजन राई, खिनुलङ्वा लिम्बू, गणेश काम्वाङ, सरिता थापा, सुनिता कुमारी चौधरी, सावित्रा कुमारी रेग्मी, पदम कुमार गुरुङ, कृष्ण कुमारी राई र उपेन्द्र घिमिरे रहेका छन्।

१० जनाले नयाँ पार्टी रोजेसँगै प्रदेश १ का मुख्यमन्त्री भीम आचार्य अल्पमतमा परेका छन् । माधव नेपाल खेमा छाडेर केपी ओली खेमामा लागेका आचार्य १० भदौमा प्रदेश १ को मुख्यमन्त्री नियुक्त भएका थिए । अल्पमतमा परेपछि उनले विश्वासको मत लिनुपर्नेछ । प्रदेश १ मा एमालेका ५१ सांसद थिए।१० जनाले नयाँ दल रोजेपछि एमालेमा ४१ सांसद मात्रै हुनेछन् ।

प्रदेश १ मा नेपाली काङ्ग्रेसका २१, माओवादी केन्द्रका १५, जनता समाजवादी पार्टीमा ३ र अन्य दुई साना दलमा १–१ जना सांसद रहेका छन् ।

प्रतिक्रिया