सभामुख सापकोटा र निर्वाचन आयोगविरुद्ध एमाले सर्वोच्च अदालतमा

नेपालखोज २०७८ भदौ १६ गते १६:३०

काठमाडौं । नेकपा (एमाले) सभामुख अग्निप्रसाद सापकोटा, निर्वाचन आयोग र लुम्बिनी प्रदेशका सभामुखविरुद्ध सर्वोच्च अदालत पुगेको छ । तीनवटा रिट सर्वोच्चमा दर्ताको प्रक्रियामा रहेको जनाइएकाे छ ।

एमालेले माधवकुमार नेपालसहित १४ सांसदलाई कारबाही गरी संसद् सचिवालयमा बुझाएको थियो । तर, सभामुख सापकोटाले सांसदहरूलाई पदमुक्त गर्ने निर्णय नगरेको भन्दै एमाले अदालत गएको हो ।

सभामुख सापकोटाविरुद्धको रिटमा तत्कालीन एमालेका १४ सांसदलाई पनि विपक्षी बनाइएको छ ।

प्रतिक्रिया