चाैबीस घण्टामा २ हजार ५२ संक्रमित थपिए, २० जनाकाे मृत्यु
नेपालखोज
२०७८ भदौ १६ गते १६:४३

काठमाडाैं । नेपालमा पछिल्लो चाैबीस घण्टामा २ हजार ५२ जनामा कोरोना भाइरसको संक्रमण पुष्टि भएको छ । सोही अवधिमा मुलुकका विभिन्न अस्पतालबाट ३ हजार ३० जना कोरोना संक्रमणमुक्त भएको मन्त्रालयले जनाएकाे छ ।
स्वास्थ्य तथा जनसंख्या मन्त्रालयका अनुसार देशभरका विभिन्न प्रयोगशालामा गरिएको १० हजार ६१२ जनाको पीसीआर परीक्षणमा १ हजार ६४८ र ४ हजार ३२३ जनाको एन्टिजेन विधिबाट गरिएको परीक्षणमा ४०४ जनामा कोरोना पुष्टि भएको छ ।
त्यस्तै पछिल्लो चाैबीस घण्टामा थप २० जना कोरोना संक्रमितको मृत्यु भएको छ।
सम्बन्धित

प्रतिक्रिया