अर्थतन्त्र चलायमान बनाउनुपर्छ : देउवा

नेपालखोज २०७८ भदौ १६ गते १७:०७


काठमाडाैं । प्रधानमन्त्री शेरबहादुर देउवाले सरकार र निजी क्षेत्रको सहकार्यबाट देशको अर्थतन्त्रलाई पुनः चलायमान बनाउनुपर्ने बताएका छन् ।

महिला उद्यमी महासङ्घको पाचौं अन्तर्राष्ट्रिय महिला उद्यमीको व्यापार मेलाको आज भर्चुअल सम्बोधन गर्दै उनले कोरोनाका कारण थला परेको अर्थतन्त्रलाई पुनः चलायमान बनाउन सरकार र निजी क्षेत्रको सहकार्य आवश्यक रहेको बताए ।


। उनले नेपाली उत्पादनलाई प्रोत्साहन र बजारीकरण गर्न महिला उद्यमी महासङ्घले खेलेको भूमिकाको उच्च प्रशंसा समेत गरे । यस्ता मेलाले मुलुकको अर्थतन्त्रलाई थप सबल बनाउन सहयोग पुग्ने उनको भनाइ थियो ।

यस्तै कोरोनाका कारण नेपालमा उत्पादन भएका सामान बजारसम्म पुग्ने नसकेको वर्तमान परिवेशमा सरकारले बजारीकरणलाई विशेष प्राथमिकता दिने उल्लेख गरे उनले भेलाको पूर्ण सफलताको कामनासमेत गरेका छन् ।

महासङ्घका अध्यक्ष रीता सिंहले महिला उद्यमीलाई प्रोत्साहन गर्दै महिलालाई आत्मनिर्भरताको बाटामा लैजानका लागि मेलाको आयोजना गरिएको जानकारी दिए ।

महासङ्घका प्रथम उपाध्यक्ष एवं मेलाका संयोजक नीरु रायमाझी खत्री, द्धितीय उपाध्यक्ष शोभा ज्ञवालीलगायतले नेपालमा उत्पादित कृषि सामग्री र हस्तकलाका सामग्रीलाई अर्थतन्त्रसँग जोड्न उक्त मेलाको आयोजना गरिएको बताए ।


भर्चुअल कार्यक्रममा नेपाल उद्योग वाणिज्य महासङ्घका अध्यक्ष शेखर गोल्छा, विभिन्न देशका राजदूत तथा महिला उद्यमीको सहभागीता रहेको थियो । मेला पाँच दिनसम्म चल्ने महासङ्घले जनाएको छ ।रासस

प्रतिक्रिया