अफगानिस्तानबाट थप १४ नेपाली फर्किए

काठमाडौं । अफगानिस्तानबाट उद्धार भई दोहा–काठमाडौको कतार एयरको नियमित उडानबाट हिजो साँझ ५जना तथा आज बिहान ९ जना गरी थप १४ जना स्वदेश फर्किएका छन् ।
योसँगै हालसम्म कुल आठ सय ४७ जना नेपाली नागरिक अफगानिस्तानबाट उद्धार भई काठमाडौं आइपुगेका छन् । काबुलमा उद्दारको पर्खाईमा रहेका थप नेपाली नागरिकहरुलाई उद्दार गरी स्वदेश फर्काउन आवश्यक समन्वय भैरहेको छ ।
आगमन पश्चात कोभिड–१९ संकट व्यवस्थापन केन्द्रबाट स्वास्थ्य मापदण्ड अनुसार कोभिड–१९ परीक्षण लगायतका प्रक्रिया पुरागरी आवश्यक व्यवस्थापन गरिएको छ ।
अफगानिस्तानमा नै रहेका र आफ्नो नाम दर्ता नगराएका आफंै वा परिवारजनले कन्सुलर सेवा विभागको वेबसाइटमा रहेको अनलाईन पोर्टलमा आफ्नो नामसहितको विवरण दर्ता गर्न तथा भाईवर, ह्वाट्सएप सुविधासहितको मोबाइल नम्बरहरू +९७७ ९७४९३२६४५८ (कन्सुलर सेवा विभाग), +९७७ ९७४९३२६४५९ (परराष्ट्रन मन्त्रालय), +९७७ ९८४१७९२७७४ परराष्ट्र मन्त्रालय) र+९१ ८९२९६०१९२५ (नेपाली राजदूतावास, नयाँ दिल्ली) प्रयोग गरी विवरण टिपाउन पुनः अनुरोध गरेको छ ।
साथै, नाम टिपाउनु भएका मध्ये उद्धार भई सुरक्षित गन्तव्यमा पुगेपछी सोको जानकारी माथी उल्लेखित फोन नम्बरहरू, ह्वाट्स अप, भाईवर वा अनलाइन पोर्टलबाट गराई दिनहुन समेत आग्रह गरेको छ ।


प्रतिक्रिया