शनिबार, वैशाख २९, २०८१

पहिलोपटक कहाँ भेटिएका थिए यी बलिउड स्टार ?

नेपालखोज २०७८ भदौ १७ गते ७:५९

काठमाडौं । बलिउडका कतिपय सेलिब्रिटीको लभ स्टोरी कुनै रोमान्टिक फिल्मको कथाभन्दा कम छैन । आउनुहोस् आज रणवीर-आलियादेखि लिएर शाहरुख-गौरी अनि अनुष्का-विराटसम्मको पहिलो भेटको कुरा गरौं ।

शाहरुख खान र गौरी बलिउडका सर्वाधिक चर्चित जोडीमध्ये एक हुन् । शाहरुख र गौरीले तीन दशकदेखि सफल सफल वैवाहिक जीवन गुजारिरहेका छन् । उनीहरु पहिलोपटक दिल्लीको एक पार्टीमा भेटिएका थिए । उनीहरु दुवै दिल्लीका बासिन्दा हुन् । पहिलो भेटमा उनीहरुबीच मुश्किलले पाँच मिनेट कुरा भयो होला तर त्यो भेटको असर उनीहरुमा यति पर्‍यो कि अहिलेसम्म उनीहरु साथै छन्, जवान छोरा-छोरी सँगै ।

Shah Rukh Khan showering wife Gauri with love on Twitter is adorable beyond  words - Movies News

ऐश्वर्य राय र अभिषेक बच्चनको भेट १९९७ मा चलचित्र ‘और प्यार हो गया’ को छायांकनका क्रममा भएको थियो । त्यसपछि उनीहरुले अरु पनि फिल्ममा सँगै काम गरे । पहिलो चलचित्रदेखि नै ऐश्वर्य र अभिषेकबीच राम्रो मित्रता कायम भएको थियो । धेरै पछि मात्र अभिषेकले ऐश्वर्यसमक्ष प्रेम प्रस्ताव राखेका थिए त्यो पनि अमेरिकामा ।

No description available.

रणवीर सिंह र दीपिका पादुकोणको दोहोरो भेट सन्जय लीला भन्सालीको फिल्म ‘गोलियों की रासलीला-रामलीला’ को निर्माणका क्रममा भएको हो । उक्त फिल्ममा उनीहरुले सँगै काम गरेका थिए । रणवीर सिंहका अनुसार उनले पहिलोपटक दीपिकालाई एउटा अवार्ड कार्यक्रममा देखेका थिए । उनलाई आज पनि सम्झना छ कि दीपिकाले त्यतिबेला ग्रे कलरको गाउन लगाएकी थिइन् । दीपिकाले चाहिँ रणवीरलाई फिल्मको सेटमै देखेकी हुन् ।

मीरा राजपूत र शाहिद कपुरबीच एरेन्ज म्यारिज भएको हो । विवाहअघि उनीहरुबीच इन्स्टाग्राममा खुब कुराकानी हुन्थ्यो । मीरा राजपुतले पहिलोपटक शाहिदसँग भेट्दा उनी १६ वर्षकी थिइन् । उनीहरु एउटा सूफी कन्सर्टमा भेटिएका थिए । धेरै वर्षपछि जब विवाहको उद्देश्यले भेटघाट भयो तब उनीहरुले एक साथ ७ घण्टा बिताएका थिए ।

अनुष्का शर्मा र क्रिकेटर विराट कोहली एक स्याम्पुको विज्ञापनमा सँगै काम गर्ने सिलसिलामा भेटिएका थिए । त्यसपछि उनीहरुबीच मित्रता भयो । त्यो गहिरिँदै गयो । विराट र अनुष्काले सन् २०१७ मा विवाह गरेका हुन् ।

आलिया भट्ट र रणवीर सिंह अहिले एक-अर्काको डेटमा छन् । चाँडै विवाह बन्धनमा बाँधिदै छन् । कोरोनाका कारण उनीहरुको विवाह पर सर्दै गएको बताइन्छ । आलियाका अनुसार उनी ११ वर्षकी हुँदा नै रणवीरसँग भेटिएकी थिइन् । त्यतिबेला देखि नै रणवीरसँग उनको क्रस थियो । ती दिनमा आलियाको कोठामा रणवीरको तस्बिर टाँगिएको हुन्थ्यो ।

प्रियंका चोपडा र निक जोनसनको विवाह २०१८ मा भएको हो । एक अन्तर्वार्तामा प्रियंकाले बताएअनुसार एकपटक निकले उनलाई म्यासेज पठाएका थिए जसमा लेखिएको थियो- मेरा साथीहरु भन्छन् कि हामिले एकपटक आपसमा भेटघाट गर्नुपर्छ । त्यसपछि के भयो दुनियाँका सामु छ ।

No description available.

सोनम कपुर र आनन्द आहुजाको पहिलो भेट २०१५ मा भएको थियो । त्यतिबेला सोनम कपुर फिल्म ‘प्रेम रतन धन पायो’ को प्रमोसनमा थिइन् । उनका साथीहरु चाहन्थे कि उनले एकपटक आनन्दसँग भेटुन् । त्यसपछि उनीहरुको भेटघाट भयो ।

No description available.

सुष्मिता सेन र रोहमन
सुष्मिता सेन कहिल्यै आफ्नो इन्स्टाग्राम म्यासेज चेक गर्दिनथिइन् । एकपटक उनी रिसाउँदै केही गरिरहेकी थिइन् । त्यतिबेला झुक्किएर उनको हात फोनमा टच भयो र रोहमनको म्यासेज खुल्यो । म्यासेजमा रोहमन गिटार बजाइरहेका थिए र सुष्मिताका बारेमा मीठा कुरा पनि गरिरहेका थिए । बिस्तारै उनीहरुले एक-अर्कालाई चिन्दै गए अनि प्रेम सम्बन्धमा बाँधिए ।

No description available.

-भारतीय विभिन्न सञ्चारमाध्यमको सहयोगमा

प्रतिक्रिया