प्रदेश १ का एक-दुई स्थानमा मेघ-गर्जनसहित भारी वर्षाको सम्भावना
नेपालखोज
२०७८ भदौ १७ गते ६:५६

काठमाडौं । आज देशभर सामान्य बदली रही केही स्थानहरुमा हल्कादेखि मध्यम वर्षाको सम्भावना रहेको छ ।
जल तथा मौसम विज्ञान विभागको मौसम पूर्वानुमान महाशाखाका अनुसार आज बिहान देशभर सामान्य बदली हुनेछ । प्रदेश १ का एक-दुई स्थानमा मेघ गर्जन चट्याङसहित भारि वर्षाको सम्भावना छ ।
यस्तै, आज राति देशभर सामान्यदेखि पूर्ण बदली रही केही स्थानमा हल्कादेखि मध्यम वर्षाको सम्भावना छ । प्रदेश १, वाग्मती र गण्डकी प्रदेशका एक–दुई स्थानमा मेघ गर्जन र चट्याङसहित भारी वर्षाको सम्भावना रहेको महाशाखाले जनाएको छ ।
सम्बन्धित

प्रतिक्रिया