भेरी अस्पतालमा थप दुई कोरोना सङ्क्रमितको मृत्यु
नेपालखोज
२०७८ भदौ १७ गते १०:०६

बाँके । नेपालगञ्जस्थित भेरी अस्पतालमा भर्ना भएका दुई कोरोना सङ्क्रमितको मृत्यु भएको छ ।
त्रिवेणी गाउँपालिका–६ सल्यान निवासी ६६ वर्षीया महिला र गढवा गाउँपालिका–६ दाङ निवासी ९५ वर्षीया महिलाको उपचारका क्रममा मृत्यु भएको जिल्ला कोभिड सङ्कट व्यवस्थापन केन्द्र बाँकेका स्रोत व्यक्ति तेज वलीले जानकारी दिए।
उनका अनुसार त्रिवेणी–६ सल्यान निवासी ६६ वर्षीया महिलाको गए राति मृत्यु भएको हो भने गढवा–६ दाङ निवासी ९५ वर्षीया महिलाको आज बिहान मृत्यु भएको हो ।
योसँगै बाँकेका अस्पतालमा उपचारका लागि आएका बाहिरी जिल्लाका नागरिकको कोरोनाबाट मृत्यु हुने सङ्ख्या ४०० पुगेको छ । बाँकेका अस्पतालमा १६४ सङ्क्रमित बिरामीको उपचार भइरहेको छ । रासस
सम्बन्धित

प्रतिक्रिया