आईसीसी टी -२० वरीयतामा नेपाल खस्कियो

काठमाडाैं । अन्तर्राष्ट्रिय क्रिकेट परिषद (आईसीसी) टी-२० वरीयतामा नेपाल एक स्थान तल झरेको छ ।
आईसीसीले सार्वजनिक गरेको वरीयतामा नेपालको वरीयता खस्किएको हो ।
यसअघि १२औं स्थानमा रहेको नेपाल नयाँ वरीयतामा १३ औं स्थानमा झरेको छ । टेष्ट राष्ट्र आयरल्याण्ड भने १२औं स्थानमा उक्लेको छ ।
नेपालको अहिलेसम्मको उत्कृष्ट वरीयता ११ औं स्थान हो ।
टी-ट्वान्टीको नयाँ वरियताको शीर्ष स्थानमा इंग्ल्यान्ड, दोस्रोमा भारत र तेस्रोमा पाकिस्तान रहेकाे छ । चौंथो न्युजिल्याण्ड र पाँचौंमा दक्षिण अफ्रीका रहेको छ ।
नेपाल एकदिवसीय वरीयताको १६ औं स्थानमा रहेको छ । आईसीसी विश्वकप लिग-२ अन्तर्गत त्रिकोणात्मक सिरिज खेल्नका लागि नेपाली टोली अहिले ओमानमा रहेको छ ।
त्यसअघि नेपालले पपुवा न्यु गिनीसँग दुई ओडीआई अन्तर्राष्ट्रिय खेल खेल्नेछ । नेपाल, ओमान र अमेरिका सम्मिलित त्रिकोणात्मक सिरिज सेप्टेम्बर १३ देखि २० सम्म हुनेछ ।
प्रतिक्रिया