महाधिवेशन सफल बनाउन नेता कार्यकर्तालाई रामचन्द्र पौडेलको अपील

नेपालखोज २०७८ भदौ १७ गते ११:०७


काठमाडौं । नेपाली कांग्रेसका वरिष्ठ नेता रामचन्द्र पौडेलले आज ( विहिवार) एक भिडियो सन्देश जारी गर्दै महाधिवेशन सफल बनाउन देशभरका सबै नेता कार्यकर्तालाई अपील गरेका छन् ।

वडा अधिवेशनको अघिल्लो दिन आज पौडेलले महाधिवेशन कांग्रेसका लागि महायज्ञ भएको उल्लेख गर्दै यसलाई सफल बनाउन आह्वान गरेका हुन् ।

कांग्रेसको १४ औं महाधिवेशनअन्तर्गत भदौ १८ (भोली) बाट वडा अधिवेशन सुरु हुँदैछ । पौडेलले कसैको दबाब र प्रभावमा नपरी आत्माको पुकार सुनेर निर्णय लिन आह्वान समेत गरेका छन् ।

पौडेलले ढिलै भए पनि महाधिवेशन भएको भन्दै महाधिवेशनले संविधान र लोकतन्त्र रक्षाका लागि लोकतन्त्रप्रति निष्ठा भएको सबल नेतृत्व आवश्यक भएको बताएका छन् ।

नेता पौडेलले कोरोना महामारी, वर्षाको अवस्थाको विषम अवस्थामा महाधिवेशन प्रक्रिया सुरु भएकाले आवश्यक स्वास्थ्य सर्तकता अपनाउन पनि आग्रह गरे ।

प्रतिक्रिया