शनिबार, जेठ ५, २०८१

अफगानिस्तानबाट जापानले दूतावास सार्ने

नेपालखोज २०७८ भदौ १७ गते ११:२५


काठमाडौं । तालिबान विद्रोहीले अफगानिस्तानको सत्ता कब्जा गरेसंगै राजनीतिक अन्यौल छाएको छ ।

त्यसैले विदेशी कूटनीतिक निकायहरूले अफगानिस्तानबाट दूतावासको काम गर्न असहज भएको भन्दै बताउदै आएका छन् ।

त्यसैले जापान सरकारले अफगानिस्तानमा रहेको आफ्नो दूतावासको काम कतारबाटै गर्ने जापानका विदेश मन्त्री तेशिमित्सु मोतेगीले बताएका छन् ।

अब अफगानिस्तानमा रहेको जापानको दूतावासको काम कतारको राजधानी दोहाबाट गराउने तयारी भइरहेको छ ।


अफगानिस्तानबाट धेरै राष्टले आफ्ना नागरिक फिर्ता गराइरहेका छन् । यस्तो बेला जापानले पनि दूतावासको काम अन्य देशबाट गर्ने तयारी गर्नुलाई स्वभाविक रुपमा लिइएको छ ।

प्रतिक्रिया