पाकिस्तानमा सडक दुर्घटना हुँदा १४ जनाको मृत्यु, ९ जना घाइते
नेपालखोज
२०७७ माघ २० गते १४:४४

सिन्ह्वा । पाकिस्तानको दक्षिणपश्चिम बलोचिस्तान प्रान्तमा मङ्गलबार भएको सवारी दुर्घटनामा कम्तीमा १४ जनाको मृत्यु भएको छ । प्रहरीका अनुसार उक्त दुर्घटनामा अरु नौ जना गम्भीर घाइते भएका छन् ।
दक्षिणी शहर कराँचीतर्फ गइरहेको यात्रुबाहक बस कमजोर प्रकाशका कारण मुख्य राजमार्गमा दुर्घटनाग्रस्त भएको थियो । घाइतेहरुलाई नजिकको अस्पतालमा भर्ना गरिएको प्रहरीले जनाएको छ । घाइतेमध्ये केहीको अवस्था निकै चिन्ताजनक रहेको छ ।
घटनामा परी ज्यान गुमाएका मध्ये चार जना महिला र पाँच जना बालबालिकाको शव उनीहरुका परिवारजनलाई बुझाइएको छ ।
सम्बन्धित

प्रतिक्रिया