भण्डारण गरी राखेको २०३ बोरा मटर बरामद

नेपालखोज २०७८ भदौ १७ गते १२:००


महोत्तरी । भण्डारण गरी राखेको अवस्थामा महोत्तरी प्रहरीले गए राति २०३ बोरा मटर बरामद गरको छ ।

जिल्ला प्रहरी कार्यालयका प्रवक्ता प्रहरी नायब उपरीक्षक प्रकाश विष्टका अनुसार जिल्लाको एकडारा गाउँपालिका–५ बहेडा गाउँस्थित रामकृपाल साहको सटरमा नेपालबाट भारततर्फ तस्करी गर्ने उद्देश्यले भण्डारण गरी राखेको अवस्थामा मटर (केराउ) बरामद गरिएको हो ।

एउटा बोराभित्र २५ किलोका दरले प्याक गरिएको पाँच टन ७५ किलोग्राम मटर जिल्ला प्रहरी कार्यालयबाट खटिएको प्रहरीको विशेष टोलीले नियन्त्रणमा लिएको हो । बरामद मटर आवश्यक कारबाहीका लागि जिल्लाको मूल भन्सार कार्यालय मलिवाडामा बुझाइएको छ ।रासस

प्रतिक्रिया