प्रचण्ड र नेपालबीच भेटवार्ता

नेपालखोज २०७८ भदौ १७ गते १२:१७


काठमाडौं । माओवादी संसदीय दलको कार्यालय सिंहदरबारमा नेकपा माओवादी केन्द्रका अध्यक्ष प्रचण्ड र नेकपा एकीकृत समाजवादीका अध्यक्ष माधव कुमार नेपालबीच भेटवार्ता भएको छ ।
छलफल सरकारमा सहभागिता र सरकारका काममा केन्द्रित रहेको बताइएको छ ।

नेकपा एकीकृत समाजवादीले निर्वाचन आयोगबाट मान्यता पाएपछि मन्त्रिपरिषदलाई पूर्णता दिने भनिएको छ ।
विभाजित पार्टीका जनप्रतिनिधिहरुलाई दल रोज्ने समय भदौ २२ गतेसम्म दिइएको छ । त्यसकारण भदौ २२ पछि मात्रै मन्त्रिपरिषदलाई पूर्णता दिने तयारी सत्ता गठबन्धनका नेताहरुले गरेका छन् ।

प्रतिक्रिया