शनिबार, वैशाख २९, २०८१

बिग बोस विजेता सिद्धार्थ शुक्लाको निधन

नेपालखोज २०७८ भदौ १७ गते १३:३३

काठमाडाैं । भारतीय चर्चित टिभी तथा फिल्म अभिनेता सिद्धार्थ शुक्लाको निधन भएको छ । उनको बिहीबार मुम्बईको कुपर अस्पतालमा निधन भएको हो ।

मुम्बईमा आफ्नी आमा र दुई बहिनीहरूसँग बस्दै आएका उनको कुपर अस्पतालमा निधन भएको जनाइएको छ । अस्पताल अधिकारीहरूका अनुसार उनको अस्पताल पुग्नुअघि नै निधन भइसकेको थियो ।

उनकाे ४० वर्षकाे उमेरमा निधन भएकाे बीबीसीले जनाएकाे छ । सिद्धार्थ शुक्लाले टेलिसिरियल ’बालिका वधु’बाट लोकप्रिय हासिल गरेका थिए ।

उनी रियालिटी शो झलक दिखला जा , फियर फ्याक्टरः खतरों के खिलाडीमा पनि देखा परेका थिए । उनी बिग बोस सिजन १३ का विजेता पनि हुन् ।

सिद्धार्थ शुक्लाले सन् २०१४ मा करण जोहरको फिल्म ’हम्प्टी शर्मा की दुल्हनिया’ बाट बलिउडमा प्रवेश गरेका थिए । उनले यस फिल्ममा एक सहायक अभिनेताको भूमिका देखिएका थिए ।

प्रतिक्रिया