बुधबार, जेठ १, २०८२

काठमाडौं महानगरपालिकाले आगामी सातादेखि विद्यालय खोल्ने !

नेपालखोज २०७८ भदौ १७ गते १३:२९


काठमाडौं । काठमाडौं महानगरपालिकाले अर्को हप्तादेखि विद्यालय खोल्ने तयारी गरेको छ ।

स्मार्ट–लकडाउन कार्यविधि अनुसार काठमाडौंको जिल्ला कोभिड–१९ संकट व्यवस्थापन केन्द्र (डीसीसीएमसी) ले विद्यालय खोल्न सक्ने भनेपछि महानगरले तयारी थालेको महानगर शिक्षा शाखा प्रमुख रामप्रसाद सुवेदीले बताए ।

शिक्षा समितिका पदाधिकारीसँग छलफल गरेर आउने हप्तादेखि विद्यालय खोल्ने तयारी भइरहेको उनको भनाइ छ ।
काठमाडौं जिल्ला प्रशासन कार्यलयले स्थानीयले विद्यालय खोल्न सक्ने भनेको तयारी गरिएको बताए ।

प्रतिक्रिया