एमालेका १० सांसदले एकीकृत समाजवादी राेजे
नेपालखोज
२०७८ भदौ १७ गते १५:२४

काठमाडाैं । प्रदेश २ मा नेकपा एमालेका १० जना सांसदले नेकपा एकीकृत समाजवादी रोजेका छन् ।
एकीकृत समाजवादी रोज्ने सांसदहरुमा शत्रुधन महतो, गोविन्दबहादुर न्यौपाने, प्रमोद यादव, अशोककुमार यादव, मञ्जुकुमारी यादव, बेची लुंगेली, रवीन्द्र बैठा, नागेन्द्र राय यादव, हसिमा खातुन र मनोज सेन श्रीवास्तव रहेका छन् ।
उनीहरु बिहीबार (आज) प्रदेश निर्वाचन कार्यालय जनकपुरधाममा गएर एकीकृत समाजवादी दल रोजेको जानकारी गराएका हुन् ।
सांसद दिल्ली उप्रेतीकाे दूतावासमार्फत् सनाखत गराउने जनाइएकाे छ । उप्रेती अहिले भारतको दिल्लीमा रहेका छन् ।
यता, सांसद सुन्दरबहादुर विश्वकर्मा र सीता गुरुङ खराब मौसमका कारण आज आउन नसकेको र अर्को दिन आएर सनाखत गर्ने बताइएकाे छ ।
प्रदेश २ मा नेकपा एमालेका २१ जना सांसद छन् । त्यसमध्ये १३ जना शुरुदेखि नै माधव नेपाल पक्षमा देखिँदै आएका छन् ।
सम्बन्धित

प्रतिक्रिया