गोरखामा विद्यालय खोल्ने जिम्मा स्थानीय तहलाई

गोरखा । कोरोना सक्रमणका कारण लामो समयदेखि बन्द रहेका गोरखाका बिद्यालय सञ्चालन गर्ने जिम्मा स्थानीय तहलाई दिएको छ ।
विहीबार (आज) बसेको जिल्ला कोभिड–१९ संकट व्यवस्थापन केन्द्रको वैठकले विद्यालय खोल्ने अधिकार स्थानिय तहलाई दिने निर्णय गरेको हो । कोरोना सक्रमण रोकथामको लागि निजी तथा सार्वजनिक सवारीमा जोर बिजोर लगाइएको थियो तर अब भने सम्पूर्ण सावारी साधन सञ्चालन गर्न पाइने छ ।
पसल तथा होटल व्यवसाय सञ्चालनको अवधि पनि थप गरिएको छ । होटल वाहेकका अन्य व्यवसाय बिहान ५ देखि साँझ ७ बजेसम्म सञ्चालन गर्न पाइनेछ । होटलहरु भने बिहान ५ देखि साँझ ८ बजेसम्म सञ्चालन गर्न पाइने जिल्ला प्रशासन कार्यालयले जनाएको छ ।
यस्तै दैनिक उपभोग्य खाद्यान्न, तरकारी, फलफुल, कृषिजन्य विउविजन, निर्माण सामग्री, स्टेशनरी, कपडा तथा फेन्सी पसल, सुनचाँदी, टेलरिङ, फोटो स्टुडियो, भाडा तथा कस्मेटिक पसलहरु बिहान ५ देखि दिउँसो २ बजेसम्म र खाजा घर, रेष्टुरेष्ट र मिठाइ पसलहरु बिहान ५ देखि साँझ ५ बजेसम्म खोल्न पाइने छ ।
यता, मनकामना मन्दिरमा पूजा सञ्चालन गर्न योजना बनाउन समिति बनाइएको छ ।
जनप्रतिनिधि, मनकामना क्षेत्र विकास समितिका पदाधिकारी लगायत अन्य स्थानीय सरोकारवालाको समिति बनाउन र एक हप्ताभित्र योजना बनाएर प्रशासन कार्यालयमा बुझाउन भनिएको निमित्त प्रमुख जिल्ला अधिकारी कमलराज भण्डारीले बताए ।
सोही आधारमा पूजा सञ्चालनका लागि प्रशासनले आवश्यक निर्णय गर्ने उनले जानकारी दिए ।
प्रतिक्रिया