एकीकृत समाजवादी पार्टीको संसदीय दलको कार्यालय स्थापना

नेपालखोज २०७८ भदौ १७ गते १६:१८

काठमाडाैं । नेकपा (एकीकृत समाजवादी) पार्टीको आज संसदीय दलको कार्यालय स्थापना भएको छ ।

एकीकृत समाजवादी पार्टीका प्रतिनिधिसभा संसदीय दलका नेता माधवकुमार नेपाल र राष्ट्रियसभा संसदीय दलका नेता वेदुराम भुसालले आ–आफ्नो जिम्मेवारी सम्हाल्नुभएको सांसद कल्याणीकुमारी खड्काले जानकारी दिए ।

आइतबार बसेको संसदीय दलको बैठकले सर्वसम्मतरूपमा उनीहरु संसदीय दलको नेतामा चयन गरेको थियो । यही भदौ ९ गते निर्वाचन आयोगबाट नेकपा (एकीकृत समाजवादी)ले नयाँ दलको मान्यता पाएको थियो । रासस

प्रतिक्रिया