चौबीस घण्टामा २,००४ संक्रमित थपिए, १ हजार ८४६ जना डिस्चार्ज

नेपालखोज २०७८ भदौ १७ गते १६:२९

काठमाडौं । नेपालमा पछिल्लो चौबीस घण्टामा २ हजार चारजनामा कोरोना भाइरसको संक्रमण पुष्टि भएको छ । सोही अवधिमा १८ सय ४६ जना कोरोना संक्रमित निको भई डिस्चार्ज भएका छन् ।

स्वास्थ्य तथा जनसंख्या मन्त्रालयका अनुसार देशभरका विभिन्न प्रयोगशालामा गरिएको १० हजार ६५८ जनाको पीसीआर परीक्षणबाट एक हजार ६१९ र ३ हजार ९९२ जनामा गरिएको एन्टिजेन परीक्षणमा ३८५ जना गरी जम्मा २ हजार चारजनामा संक्रमण पुष्टि भएको हो ।

त्यस्तै चौबीस घण्टामा १६ जनाको कोरोनाका कारण मृत्यु भएको छ । नेपालमा हाल मृत्यु हुनेको संख्या १० हजार ७८६ पुगेको छ । नेपालमा हाल सक्रिय संक्रमितको संख्या ३३ हजार ९४६ रहेको छ ।

प्रतिक्रिया