सर्वोच्चकाे आदेश- संवैधानिक इजलासमा जारी संवैधानिक परिषद्सम्बन्धी सुनुवाइ रोक्नू

नेपालखोज २०७८ भदौ १७ गते १७:३२

काठमाडौं । सर्वोच्च अदालतले संवैधानिक परिषद्सम्बन्धी संवैधानिक इजलासमा जारी बहस रोक्न अन्तरिम आदेश जारी गरेको छ ।

अधिवक्ता डा. गणेश रेग्मीले दायर गरेको रिटमा बिहीबार सुनुवाइ गर्दै न्यायाधीश हरि फुयाँलको एकल इजलासले संवैधानिक इजलासमा जारी बहस रोक्न अन्तरिम आदेश दिएको हो ।

बिहीबार न्यायाधीश हरि फुयालको इजलासले संवैधानिक नियुक्तिसँग सम्बन्धित मुद्दा प्रधानन्यायाधीश संलग्न इजलासले गर्न हुने कि नहुने विषय टुंगो नलागेसम्म संवैधानिक परिषदसम्बन्धी अध्यादेश र त्यसका आधारमा गरिएका नियुक्तिविरुद्धको सुनुवाई रोक्न अन्तरिम आदेश दिएको हो ।

प्रतिक्रिया