अफगानिस्तानबाट थप १० जना नेपालीको उद्धार
नेपालखोज
२०७८ भदौ १७ गते १८:१२

काठमाडौं । अफगानिस्तानबाट थप १० जना नेपालको उद्धार गरिएको छ । आज बिहीबार विज्ञप्ति जारी गर्दे परराष्ट्र मन्त्रालयले अफगानिस्तानबाट उद्धार भई हिजो साँझ फ्लाई दुबइको नियमित उडानबाट छ जना र कतार एयरको नियमित उडानबाट दुई जना तथा आज कतार एयरको नियमित उडानबाट दुई जनासमेत गरी थप १० जना स्वदेश फर्किएको जानकारी दिएको छ ।
योसँगै हालसम्म कुल आठ सय ५७ जना नेपाली नागरिक अफगानिस्तानबाट उद्धार भई काठमाडौ आइपुगेका छन् । काबुलमा उद्धारको पर्खाईमा रहेका थप नेपाली नागरिकहरुलाई उद्दार गरी स्वदेश फर्काउन आवश्यक समन्वय भैरहेको मन्त्रालयले जनाएको छ ।
आगमन पश्चात कोभिड-१९ संकट व्यवस्थापन केन्द्रबाट स्वास्थ्य मापदण्ड अनुसार कोभिड–१९ परीक्षण लगायतका प्रक्रिया पूरागरी आवश्यक व्यवस्थापन गरिएको जानकारी पनि मन्त्रालयले दिएको छ ।

सम्बन्धित

प्रतिक्रिया