‘दार्चुला घटनाबारे सरकारले सामान्य औपचारिकता र कूटनीतिक पहलसमेत गर्न सकेन’

नेपालखोज २०७८ भदौ १७ गते २०:१४

काठमाडौं  । नेकपा एमालेले बेपत्ता भएका दार्चुलाका जयसिंह धामीकाे घटनाबारे सरकारले लाचारी देखाएको भन्दै आपत्ति जनाएको छ ।

एमाले प्रवक्ता प्रदीप ज्ञवालीले बिहीबार एक विज्ञप्ति जारी गर्दै संवेदनशील घटनाका सम्बन्धमा भारतीय पक्षसँग जानकारी लिने, सोधपुछ गर्ने र आपत्ति जनाउने सामान्य औपचारिकता र कूटनीतिक पहलसमेत गर्न नसकेको भन्दै आपत्ति जनाएका हुन् ।

एमालेले भारतीय सुरक्षा बलका सुरक्षाकर्मीले तुइन चुडाइदिएर भएको घटनालाई थामथुम पार्न खोजिएको एमालेको आरोप छ । सत्यतथ्य सार्वजनिक गर्न र दोषीलाई कारबाही र पीडित परिवारलाई न्याय दिन पनि एमालेको माग गरेको छ ।

प्रतिक्रिया