शुक्रबार, वैशाख ७, २०८१

आठपटक विवाह गर्ने ठग युवती एचआईभी संक्रमित…

ठग युवतीले विवाह गर्दै पुरुषलाई लुट्न एउटा गिरोह नै तयार गरेकी थिइन् । यो गिरोहले ३० देखि ४० वर्षका अविवाहित, पारपाचुके गरेका वा पत्नीको मृत्युपछि एकल भएका पुरुष खोजेर उनीहरुलाई आफ्नो सिकार बनाउँथ्यो ।

नेपालखोज २०७८ भदौ १८ गते ७:३४

नयाँदिल्ली । भारतको पन्जाब राज्यको पटिया जिल्लाको प्रहरीले आठवटा विवाह गरेर पुरुषलाई ठग्ने एक युवतीसहित चार जनालाई गिरफ्तार गरेको छ । ती युवती विवाहपछि दुलाहाको घरबाट गहना र नगद लिएर भाग्नमा नामुद थिइन् । यी लुटेरी युवतीको कुरा र घटनाबाट अहिले उनबाट ठगिएका-लुटिएका बेहुलाहरुको होसहवास् उडेको छ भने प्रहरीसमेत अचम्मित भएको बताइन्छ । एक साताअघि पक्राउ परेकी ती युवतिको स्वास्थ्य समस्या समाधान गर्ने क्रममा चिकित्सकले उनको एचआईभी जाँच गराएका थिए जसमा उनको रिपोर्ट पोजेटिभ देखिएको छ ।

भनिन्छ ती युवती आफ्ना तीनजना साथीसँग मिलेर युवकहरुलाई फसाउँथिन् । ती युवती विवाहपछि कुटपिट गरेको तथा दाइजो मागेको आरोप लगाउँदै पुरुष र उनको परिवारसँग झगडा गर्थिन् अनि पञ्चायत गुहार्थिन् । पञ्चायतमा विवाहविच्छेदपछि उनी मौका छोपेर पुरुषको परिवारका घरका सबै गहना र नगद लिएर भाग्थिन् । उनको यो काममा उनकी आमाले पनि साथ दिँदै आएकी थिइन् । ती युवतीबाट ठगिएका आठजना बेहुलामध्ये तीनजना हरियाणाका छन् भने बाँकी पन्जाबका । पटियालाको जुलका इलाकामा नवौं बेहुला खोज्ने क्रममा उनी गिरफ्तार भएकी हुन् । ती युवतीले जहाँ पनि विवाह गरिन् त्यहाँ एक साताभन्दा बढी बसिनन् । बेहुलासँग सुहागरात मनाएर भाग्ने ती युवतीद्वारा ठगिएका पुरुषहरुमाथि अहिले एचआईभी संक्रमणको उच्च जोखिम देखिएको छ ।

आरोपित महिला हरियाणाको केथल जिल्लाकी हुन् र उनको उमेर ३० वर्ष छ । ती महिलाको औपचारिक विवाह सन २०१० मा पटियालामा भएको थियो जसमा उनका तीन सन्तान भए । ती लालाबालाको उमेर अहिले ७ देखि १० वर्ष छ । त्यसपछि ती महिलाका पति अचानक हराए । यी ठग बेहुलीले आफ्ना पहिलो पतिसँग पारपाचुके पनि गरेकी छैनन् । उनले चार वर्षअघि लुटेरी पत्नी बन्ने धन्दा सुरु गरिन् जसमा उनी पन्जाब र हरियाणाका ३० वर्षमाथिका अविवाहित, पारपाचुके गरेका वा विदुरहरुलाई फसाएर ठगी गर्थिन् ।

यी ठग बेहुली आठवटा विवाहपछि नवौं विवाहको तयारीमा थिइन् । त्यसका लागि उनी आफ्नो गिरोहका सदस्‍यहरुसँग देवीगढ पुगेकी थिइन् । त्यहीँ उनी आफ्नो गिरोहसहित प्रहरीको फन्दामा परिन् ।
भारतीय विभिन्न सञ्चारमाध्यमहरुको सहयोगमा ।
-प्रतीकात्मक तस्बिर

प्रतिक्रिया