नारायणगढ-मुग्लिन सडक खण्ड अवरुद्ध

नेपालखोज २०७८ भदौ १८ गते १०:०३

चितवन । नारायणगढ-मुग्लिन सडकखण्डमा पहिरो खस्दा बिहान करिब ७ः५० बजे देखि नै सडक अवरुद्ध भएको छ । इच्छाकामना गाउँपालिका–६ पाँचकिलोमा पहिरो खस्दा सडक अवरुद्ध भएको हो ।

अहिले पनि पानी परिरहेको र पहिरो झर्ने क्रम नरोकिएकाले पहिरो पन्छाउने काम सुरु हुन नसकेको जनाइएको छ । पहिराेले सडक दुईतर्फी नै बन्द भएको छ ।

बिहानै देखि बाटो बन्द हुदाँ नारायणगढ–मुग्लिन सडकखण्ड भएर चल्ने सवारी साधन बीचमै रोकिएका छन् ।

प्रतिक्रिया