नेपाल बार एसोसिएसनकाे आकस्मिक बैठक बस्दै

नेपालखोज २०७८ भदौ १८ गते ११:४८

काठमाडाैं । सर्वोच्च अदालतले बिहीबार (हिजाे) जारी गरेको अन्तरिम आदेशबारे कानून व्यवसायीहरुको छाता संगठन नेपाल बार एसोसिएसनले भदौ २०गते (आइतबार) आकस्मिक बैठक गर्ने भएको छ ।

नेपाल बार एसोसिएसनका अध्यक्ष एवं वरिष्ठ अधिवक्ता चण्डेश्वर श्रेष्ठले न्यायालयको विकृति विसंगतिबारे पछिल्लो प्रतिवेदन र समसामयिक विषयमा छलफल गर्न बैठक डाकिएको बताए । प्रतिवेदन लगायत केही समसामयिक विषय छलफलको एजेण्डा बन्ने उनको भनाइ छ ।
आइतबारको लागि मुख्यतः न्यायाधीश हरि फूयालले जारी गरेको आदेशवारे छलफल गर्ने , अघिल्लो शुक्रबार प्रधानन्यायाधीश चोलेन्द्रशम्सेर जबराले आफू इजलासमा नबस्ने भनी अलिखित रुपमा इजलासमा आएर बोलेको आदेशबारे छलफल गर्ने , न्यायालयको विकृति विसंगति हटाउने विषयमा छलफल हुनेछ ।

प्रतिक्रिया