निर्वाचन आयोग र सभामुखविरुद्धकाे रिटमाथि आज सुनुवाइ हुँदै
नेपालखोज
२०७८ भदौ १८ गते १२:२२

काठमाडाैं । निर्वाचन आयोग र सभामुखविरुद्ध हिजो दर्ता भएको रिटमाथि आज (शुक्रबार ) सुनुवाइ हुँदै छ । रिट नेकपा एमालेका अध्यक्ष एवं पूर्व प्रधानमन्त्री केपी शर्मा ओलीले दायर गरेका थिए ।
एमाले विभाजन गरेर बनेको नेकपा एकीकृत समाजवादीलाई दलको मान्यता दिएको भन्दै ओलीले सर्वोच्च अदालतमा रिट दायर गरेका हुन् । पार्टी केन्द्रीय कमिटी बैठकले साउन २५ गते ९ जना केन्द्रीय कमिटीलाई निष्कासन गरेको र त्यसको जानकारी आयोगलाई दिएको अवस्थामा पनि नयाँ दल दर्ताका क्रममा उनीहरूलाई संलग्न गराइएको रिटमा उल्लेख छ ।न्यायाधीश मीरा खड्काको इजलासमा आज पेसी तोकिएको छ ।
त्यस्तै सभामुख अग्नि सापकोटाले एमालेले सांसद पदबाट निष्कासन गरेका १४ जनामाथिको कारबाही असंवैधानिकरूपमा रोकेर राखेको भन्दै ओलीले माधव नेपालसहित १४ र झलनाथ खनालसमेतको सांसद पद खारेजीको माग गरेका छन्।
सम्बन्धित

प्रतिक्रिया