एमसीसी खारेजीको मागसहित प्रदर्शन गर्ने युवा पक्राउ

नेपालखोज २०७८ भदौ १८ गते १२:४०

काठमाडाैं । अमेरिकी सहयोग परियोजना एमसीसी खारेज गर्न माग गर्दै काठमाडौंस्थित अमेरिकी दूतावास अगाडि प्रदर्शन गर्ने केहि युवाहरु प्रकाउ परेका छन् ।

पक्राउ पर्नेहरुमा जैसीसहित, जनक ढुंगाना, सम्राट थापा, कुलदीप शर्मा, सुरज तामाङ, टेकम बिसी, मोहमद नसिर, दुर्गा जोशी, केदार थामी र सुशील नेपाली रहेका छन् । १० जनालाई अहिले महाराजगञ्जमा राखिएको छ ।


‘एमसीसी खारेज राष्ट्रिय अभियान’को नामबाट युवाहरु प्रदर्शनमा उत्रिएका थिए ।


आजको विरोध प्रदर्शन भने काठमाडौं जिल्ला समितिका सम्राट थापाले आयोजना गरेका थिए ।

प्रतिक्रिया