आइतबार, वैशाख २३, २०८१

श्रीलंकामा खाद्यान्नको संकट छैन : श्रीलंका

नेपालखोज २०७८ भदौ १८ गते १४:११

काठमाडाैं । श्रीलंकामा खाद्यान्नको संकट भएको भनी प्रकाशित समाचारहरुप्रति यहाँको सरकारले खण्डन गरेको छ । श्रीलंकाली सरकारले यहाँ खाद्यान्नको आपूर्ति नभएको र यहाँ अहिले नै खाद्य संकटकालको घोषणा गर्नुपर्ने अवस्था पनि नरहेको बताएको हो ।

हालै मात्र यहाँका केही सञ्चारमाध्यमले यहाँ खाद्यान्नको अभाव भएको र श्रीलंकाली सरकारले यहाँ खाद्य सङ्कट घोषणा गर्न लागेको बताएका थिए ।

तर पनि त्यस्तो अवस्था नरहेको यहाँको सरकारले जनाएको छ । यहाँका बजार तथा उद्योग विकासमन्त्री अजित निब्रद काबरालले यहाँ त्यस्तो अवस्था नरहेको र यस्तो घोषणा गर्नुपर्ने अवस्था पनि नआएको बताए ।

उनले हाल यहाँ श्रीलंकामा नै उत्पादित चिनी र चामल उपलब्ध रहेको र यहाँको बजारमा कुनै पनि खाद्यान्नको अभाव भएको भनी कुनै रिपोर्ट सरकारलाई नआएको बताए । रासस/सिन्ह्वा

प्रतिक्रिया