शनिबार, माघ १२, २०८१

परराष्ट्रमन्त्री ज्ञवाली भारत प्रस्थान

नेपालखोज २०७७ माघ १ गते १२:३७

काठमाडौं । परराष्ट्रमन्त्री प्रदिपकुमार ज्ञवाली तीन दिने भारत भ्रमणका लागि आज नयाँदिल्ली प्रस्थान गरेका छन् ।

Advertisement

भारतीय समकक्षी एस जयशंकरको औपचारिक निमन्त्रणमा मन्त्री ज्ञवाली बिहीबार मध्याहन्न भारत गएका हुन् । उनी नेपाल–भारत परराष्ट्रमन्त्रीस्तरीय संयुक्त आयोगको बैठकमा सहभागी हुने छन् ।

तीन दिनसम्म चल्ने बैठकलाई मन्त्री ज्ञवाली र भारतका विदेशमन्त्री जयशंकरले संयुक्त रुपमा अध्यक्षता गर्ने छन् । बैठकमा नेपाल–भारतसँग सम्बन्धित बहुआयामिक विषयमा छलफल हुने परराष्ट्र मन्त्रालयले जनाएको छ ।

संयुक्त आयोगको बैठकमा नेपाल–भारत द्विपक्षीय सम्बन्धका साथै व्यापार, ऊर्जा, सीमा, पारवहन, कोभिड–१९ सहकार्य, पूर्वाधार, कनेक्टिभिटी, लगानी, कृषि, पर्यटनलगायतका विषयमा छलफल हुने परराष्ट्र मन्त्रालयले जनाएको छ ।

भारत भ्रमणका क्रममा परराष्ट्रमन्त्री ज्ञवालीले उच्चस्तरीय राजनीतिक भेटवार्ताहरु पनि गर्ने भनिएको छ । मन्त्रीको भ्रमण टोलीमा परराष्ट्र सचिव, स्वास्थ्य सचिव लगायतका अधिकारी पनि रहनेछन् ।

भारत भ्रमणका क्रममा परराष्ट्रमन्त्री ज्ञवालीले उच्चस्तरीय राजनीतिक भेटवार्ताहरु पनि गर्ने भनिएको छ । मन्त्रीको भ्रमण टोलीमा परराष्ट्र सचिव, स्वास्थ्य सचिव लगायतका अधिकारी पनि रहनेछन् । ज्ञवाली शनिबार स्वदेश फर्किनेछन् ।

प्रतिक्रिया